काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)की स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत फेला परेकी छिन् । ललितपुरको लुभुस्थित प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी चौधरीलाई मंगलबार बिहान मृत अवस्थामा फेला पारिएको हो । चौधरी नेपाललाई सागमा भारात्तोलनमा स्वर्ण पदक दिलाउने पहिलो खेलाडी हुन् । २३ वर्षीय चौधरी हाल एसियाली खेलकुदको तयारीमा थिइन्…