जाजरकोटमा १५ वर्षीय किशोर मृत्यु, ३ साथी पक्राउ

जाजरकोटमा १५ वर्षीय किशोर खिमराज विष्टको मृत्यु प्रकरणमा उनकै तीन जना साथीहरुलाई प्रहरीले पक्राउ गरेको छ । १६ वर्ष मुनिका तीन किशोरलाई पक्राउ गरेर विष्टको मृत्यु प्रकरणमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका इन्स्पेक्टर सुधीर खड्काले जानकारी दिएका छन् । पक्राउ परेकाहरुविरुद्ध किटानी जाहेरीसमेत परेको छ । उनीहरुविरुद्ध जाजरकोट जिल्ला अदालतबाट ५ दिनको म्याद…