काठमाडौं । सशस्त्र प्रहरी बलले म्याग्दी जिल्लाको अन्नपूर्ण बेश क्याम्पबाट बिहीबार बिहानसम्म १६२ जना पर्यटकको उद्धार गरेको छ । अब अन्नपूर्ण बेश क्याम्पमा कोहि पनि आन्तरिक तथा बाह्य पर्यटक छैनन् । सशस्त्रका सहप्रवक्ता एवम् डिएसपी शैलेन्द्र थापाले सबैलाई सुरक्षित स्थानमा ल्याइएको जानकारी दिए । साथै अन्नपूर्ण बेश क्याम्पमा हिउँ पहिरो आइरहेको जानकारी पनि उनले दिए…