नेपालसँग टी–२० क्रिकेट शृङ्खला खेल्ने वेस्ट इन्डिजको टोली घोषणा

काठमाडौं । नेपालसँगको तीन खेलको ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि वेस्ट इन्डिजको टोली घोषणा भएको छ । ‘युनिटी कप’ टी–२० शृङ्खलाका लागि वेस्ट इन्डिज क्रिकेट बोर्डले अकिल हुसेनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । वेस्ट इन्डिजको टोलीमा छ जना खेलाडी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्दैछन् । पहिलो रोजाईका खेलाडीमा अकिल मात्रै रहेका…