काठमाडौं । खेलभावनाविपरीत अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय क्रिकेटर करण केसी कारबाहीमा परेका छन् । नेपाल क्रिकेट संघ क्यानले उनलाई कारबाही गरेको हो । केसीलाई कारबाहीस्वरुप एक खेलमा प्रतिबन्ध लगाउने र खेलको फि पनि नदिने निर्णय भएको हो । केसीले शनिबार फेसबुकमा 'कुनै खेलाडीले अम्पायरलाई गल्तीले पिटेमा कति म्याच प्रतिबन्ध हुन्छ ?' भन्दै प्रश्न गरेका थिए…