काठमाडौं । अन्तरिक्षमा फसेका अन्तरिक्षयात्री सुनिता विलियम्स र ब्यारी विल्मोरलाई पृथ्वीमा फिर्ता ल्याउन स्पेसएक्सले पठाएको रकेट अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) पुगेको छ । नौ महिनाभन्दा धेरै समयदेखि आईएसएसमा फसेका दुई जना अन्तरिक्षयात्रीलाई पृथ्वीमा ल्याउन १० यात्रीसहित उडेको अमेरिकी अर्बपति एल्न मस्कको अन्तरिक्ष एजेन्सी स्पेसएक्सको रकेट आईएसएसमा पुगेको बीबीसीले जनाएको छ । यो टोलीले अन्तरिक्षयात्री सुनिता…