रौतहट। बारामा भएको मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको छ। कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा बिहीबार राति बघवनबाट कलैयातर्फ आउँदै गरेको मधेस प्रदेश ०३–०२८ प ७१९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको हो। दुर्घटनामा ३३ वर्षीय पाण्डे गम्भीर घाइते भएका थिए। घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोस्ट बसपार्कबाट प्रहरी सई विमलेशकुमार यादवको…