बुटवलमा परस्त्रीसँग होटलमा भेटिएका पुरुषको मृत्यु

काठमाडौं । बुटवलको मिलनचोकस्थित एक होटलमा परस्त्रीसँग बसेका पुरुषको रहस्यमय मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका-६ चाँदबारीका ५६ वर्षीय सतिशकुमार क्षेत्री रहेको प्रहरीले जनाएको छ । उनी शनिबार दिउँसो बुटवल मिलन चोकस्थित न्यू अर्घाखाँची लुम्बिनी होटेल एन्ड लजमा एक विवाहित महिलासँग पुगेका थिए । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका…