लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयरको निधन

काठमाडौं । लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमान (खान) को निधन भएको छ । नगर प्रमुख खानको आज (शनिबार) बिहान ९ बजे हृदयघातका कारण निधन भएको हो । बिहान स्वास्थ्यमा समस्या आएपछि युनिभर्सल मेडिकल कलेज भैरहवा लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको बताइएको छ । नगर प्रमुख सजरुद्दिन शुक्रबार मात्रै मलेशिया भ्रमणबाट घर फर्केका…