सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठ पक्राउ

कास्की । पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको निक्षेप रकम अपचलन गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । सहकारी रजिष्ट्रारको कार्यालय पोखराका अनुसार उक्त सहकारीका अध्यक्ष, पूर्वपदाधिकारी तथा सञ्चालक समितिका पदाधिकारीले निक्षेपकर्ताको रु एक अर्ब ५४ करोड १५ लाख आठ हजार एक सय ४२ अपचलन गरेका छन् । सहकारीका सञ्चालक समितिका…