कर्णालीलाई हराउँदै सुदूरपश्चिमकाे लगातार तेस्राे जीत

धनगढी । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जीत हासिल गरेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई १० विकेटले हरायो । कर्णालीले दिएको २१ रनको लक्ष्य सुदूरपश्चिमले १ विकेट पनि नगुमाई ९ बलमै भेटायो । सुदूरपश्चिमकी कविता कुँवरले १४, मनिषा बोहराले ५ रन बनाइन्…