न्यायपालिकाको शिर ठडिएको आभास दिनुपर्छः प्रधानन्यायाधीश राउत

ओखलढुंगा । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायापालिका विवादहरुको चाङ लगाउनुपर्ने, तर स्वयम् आफू निर्विवाद हुनुपर्ने चुनौति सदैव रहने बताएका छन् । सोमबार नवनिर्मित ओखलढुंगा जिल्ला अदालतको भवन उद्घाटन गर्दै प्रधानन्यायाधीश राउतले यस्तो बताएका हुन् । कार्यक्रममा प्रधानन्यायाधीश राउतले भने, ‘भौतिक विकास न्यायलयको साधन मात्र हुन्, वास्तविक न्यायको अनुभूति त निष्पक्ष कार्य सम्पादन, व्यवसायिक कार्यशैली र इमान्दारितापूर्ण…