जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहसहित दुई जना प्रदेश सांसदले नयाँ राजनीतिक दल जनस्वराज पार्टीको पक्षमा सनाखत गरेका छन् । मुख्यमन्त्री सिंह जब प्रदेश निर्वाचन कार्यालयमा पुगे, सो अवसरमा जनमत पार्टीका कार्यकर्ताले उनको विरोध गरेका थिए । उनीहरूले सिंहलाई निर्वाचन कार्यालय प्रवेश गर्न नदिने भन्दै बाटो अवरुद्ध गरेपछि प्रहरीसँग सामान्य झडपसमेत भएको थियो ।…