नक्कली प्रहरी बनेर लुटपाट गर्ने चार जना पक्राउ

काठमाडौँ । आफूलाई प्रहरी भएको परिचय दिँदै एक व्यक्तिलाई हतकडी लगाएर नगद, मोबाइल र बैंकका चेक लुट्ने घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भई काठमाडौँको धापासी बस्ने ४३ वर्षीय रामशरण दमाई, काठमाडौँको टोखा नगरपालिका–१ का ३८ वर्षीय सविन खवास, पर्साको ठोरी गाउँपालिका–४ घर भई हाल काठमाडौँको गौरीघाट…