काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजविरुद्ध ७३ रनको जित निकालेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १६८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंले १५.५ ओभरमा सबै विकेट गुमाएर ९४ रनमात्रै बनायाे । काठमाडौंका स्टेफन एस्किनाजीले सर्वाधिक ३७ रन बनाए । सुमित महर्जनले १० बलमा दुई चौकासहित…