माेरङ । कोशी प्रदेश सरकारले गएको शुक्रवार र शनिवारको बाढी पहिरोले भत्किएका र बगाएका सबै घर पुनःनिर्माण गरिदिने भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले बाढी पहिरोमा परेका सबै घर बनाइदिने निर्णय गरेको हो । विपद्मा सबैभन्दा धेरै क्षति भएको इलाम, झापा र मोरङका घरहरू तत्कालै बनाउन शुरू…