ओखलढुङ्गा । विद्युत सर्ट भएर करेन्ट लाग्दा ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-३ को बोगडीछापमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५७ वर्षीया सिजनकुमारी थापा रहेकी छिन् । आज विहान ५:३० बजेको समयमा विद्युत सर्ट भएर घर समेत आगलागी हुँदा उनलाई करेन्ट लागेको थियो । बेहोस अवस्थामा घरबाट स्थानीयले बाहिर निकाल्ने बित्तिकै उनको मृत्यु भएको थियो…