प्रहरी प्रधान कार्यालयका हबल्दार बुद्धनगरस्थित डेरामा मृत फेला

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत एक सुरक्षाकर्मी काठमाडौंको बुद्धनगरस्थित आफ्नै डेरामा मृत अवस्थामा भेटिएका छन् । सहायक हबल्दार पदमा कार्यरत बलबहादुर थापा सोमबार बिहान मृत फेला परेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, थापालाई आज बिहान उनकै कोठामा पासो लागेको अवस्थामा फेला पारिएको थियो । घटनालगत्तै उनकी श्रीमतीले पासो काटी उद्धार गरेर…