एकैपरिवारका तीन जना पुर्पक्षका लागि थुनामा

जनकपुरधाम । धनुषा जिल्ला अदालतले एकैपरिवारका तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा राखेर रु चार करोड ठगी गरेको आरोपमा अदालतले पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो । धनुषका विभिन्न व्यक्तिहरुले दिएको अनुचित लेनदेन (मिटरब्याज) तथा ठगीसम्बन्धी मुद्दामा जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर निवासी ५३…