काठमाडौं । अविरल वर्षासँगै पहिरोको जोखिम बढेपछि काठमाडौं उपत्यकाबाट बाहिरिने सबै प्रमुख नाकामा सवारी आवागमन बन्द गरिएको छ। बसपार्क, नागढुंगा, साँगा र फर्पिङ हुँदै सञ्चालन हुने लामो दूरीका सार्वजनिक सवारी साधन आज बिहानदेखि सञ्चालनमा आउन सकेका छैनन्। जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित निकायले हिजो रातिदेखि नै रात्रिकालीन सवारी साधन सञ्चालनमा रोक लगाएको थियो। वर्षा नरोकिएको र…