मुआब्जा नदिए आन्दोलनमा उत्रने रेलवे प्रभावितको चेतावनी

काठमाडौं । रेलवे प्रभावित तथा मुआब्जा समन्वय समिति कोशी प्रदेशले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर लिखित रूपमा तीनबुँदे माग राखेको छ । समितिले सोमबार बिहान प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा भेटेर माग प्रस्तुत गरेकाे हो । पूर्वपश्चिम विद्युतीय रेलमार्ग काँकरभिट्टा–इनरूवा खण्डको प्रभावितहरूको तर्फबाट झापा, मोरङ, सुनसरी जिल्लाको जिप्रकामार्फत रोक्का राखिएको घर जग्गा तथा लिगलिगापातको मुआब्जा वर्तमान दररेट…