धनकुटा । शनिबार साँझदेखि अवरुद्ध कोशी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । शनिबार साँझ धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कोलबोटेमा टिपर पल्टिएर सडक ढाकेपछि सवारी आवतजावत अवरुद्ध भएको हो । ओरालो बाटोमा ब्रेक फेल भएको टिपरले स्कारपियोलाई ठक्कर दिएर पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडक अवरुद्ध हुँदा सो स्थानमा अहिले दर्जनौं सवारी साधन रोकिएर…