सिरहा । सिरहाका मिटरब्याज पीडितहरूले साहुले हडपेको खेतको धान काटेर भित्र्याएका छन् । सिरहा नगरपालिका १९, सन्हैठामा हिजो बिहीबार मिटरब्याज पीडितले साहुद्वारा हडपेको जमिनको धान काटेर भित्र्याएका हुन् । स्थानीय रामशरण यादवले गाउँकै योगेन्द्र यादवसँग २०६१ पुस १ गते एक लाख रुपैयाँ लिएका थिए । त्यसबापत उनले चार लाखको कपाली, १० कठ्ठा ११ धुर र…