खोटाङ । मुटुसम्वन्धी समस्याले ग्रसित खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी छेतुवाका २२ वर्षीय देउकुमार राईलाई उपचार सहयोग जुटेको छ । हाल सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा उपचार गराइरहेका देउकुमारका लागि चिसापानी घर भई हाल यूके रहेका भूपू गल्लावाल समाजसेवी टंकबहादुर राईको पहलमा एक लाख १० हजार ९०० रुपैयाँ सहयोग जुटेको हो । आफ्नै गाउँठाउँका युवालाई…