काठमाडौं । कोशी प्रदेश सरकार गठनबारे निर्णय लिन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पदाधिकारी बैठक बोलाएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबार बिहान ८ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी बैठक बोलाएका हुन् । प्रवक्ता मोहन श्रेष्ठका अनुसार कोशी सरकारबारे छलफल गरी आवश्यक निर्णय लिन बैठक बोलाइएको हो । राप्रपाको पछिल्लो कार्यसम्पादन समिति बैठकले नेताहरूसँग…