धरानमा १० हजार नाघ्यो डेंगु संक्रमित संख्या

काठमाडौँ। धरानमा डेंगु सङ्क्रमितको संख्या १० हजार नाघेको छ । वैशाखयता प्रकोपको रूपमा फैलिएको डेंगु सङ्क्रमितको संख्या १० हजार नाघेको हो । धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका अनुसार आइतबारसम्म १० हजार २१८ जनामा डेंगु संक्रमण देखिएको छ । परीक्षण गरिएका मध्ये ७१ प्रतिशतमा डेंगु संक्रमण पुष्टि भएको जनाइएको छ । डेंगुका कारण धरानमा ११ जनाको मृत्यु…