काठमाडौँ । कोशीका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति असंवैधानिक भन्दै सर्वोच्च अदालतमा परेको मुद्दामा आइतबार सुनुवाइ हुन सकेन। सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले कोशीका पूर्वमुख्यमन्त्री हिक्मत कार्की आफ्नो स्कुले साथी भएको भन्दै उनले दायर गरेको रिटमाथिको सुनुवाइमा बस्न इन्कार गरेपछि आइतबार कोशी सरकार गठनविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ मा चढेको छ। सर्वोच्चमा साउन ७ (आज) देखि निरन्तर…