काठमाडौं । पशुपति क्षेत्र विकास कोषले यस वर्षको हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने ब्रतालु भक्तजनका लागि सहज बनाउन पूर्वी ढोका पनि खोल्ने भएको छ । पशुपतिनाथको पूर्वी ढोका विसं २०६५ पछि पहिलोपटक खुला गर्न लागिएको हो । पशुपतिनाथका मूलभट्ट परिवर्तन गर्ने २०६५ को घटनापछि पूर्वी ढोका बन्द गरिएको थियो । यस वर्ष कोटेश्वर–तीनकुने…