मादी सामूहिक हत्याकाण्डः ४ जनालाई आजीवन कारावास, नाबालकलाई १६ वर्ष कैद

संखुवासभा । जिल्ला अदालत संखुवासभाले मादी सामूहिक हत्या प्रकरणमा संलग्न अभियुक्तमध्ये चार जनालाई आजीवन कारावासको फैसला सुनाएको छ । जिल्ला अदालत संखुवासभाले सोमबार एकै परिवारका ६ जनाको सामूहिक हत्या आरोपमा पक्राउ परेकामध्ये चार जनालाई आजीवन कारावास सजाय सुनाइएको अदालतका श्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार १७ वर्षीय एक बालकलाई भने २५ वर्षको दुई तिहाइ…