सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा मोटरसाइकल दुर्घटनामा परेर राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) को मृत्यु भएको छ । सदरमुकाम मलङ्गवास्थित कार्यालयबाट गएराति घरबाट फर्कंदै गर्दा बागमती प्रदेश ०२–०१६ प ००७१ नम्वरको मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय अनुसन्धानका इन्स्पेक्टर २९ वर्षीय वसन्त साहको मृत्यु भएको हो । ईश्वरपुर नगरपालिका–६, निवासी साह फूलजोर–त्रिभुवननगर सडक…