झापा । अनाहकमा भारतमा ४० वर्ष जेल जीवन बिताएका इलाम माई नगरपालिका-१० लुम्बकका दुर्गाप्रसाद तिम्सिनालाई आठ लाखको चेक हस्तान्तरण गरिएको छ । क्षतिपूर्तिवापत भारत सरकारले उपलब्ध गराएको पाँच लाख भारतीय रुपैयाँ (आठ लाख नेपाली रुपैयाँ) आइतबार हस्तान्तरण गरिएको हो । गत वर्षकाे मंसिरमा कोलकाताको उच्च अदालतले पश्चिम बंगाल सरकारलाई तत्काल पाँच लाख भारतीय रुपैयाँ क्षतिपूर्ति…