ओखलढुंगा । केही दिन अघिदेखि मानव नियन्त्रणबाहिर रहेका ओखलढुंगाका सबै वन डढेलो नियन्त्रणमा आएका छन् । शुक्रबार दिउँसोसम्म अनियन्त्रित डढेलो पानी परेपछि नियन्त्रणमा आएका हुन् । जिल्लामा केही दिनदेखि नियन्त्रण प्रयास भइरहेका पाँचवटा डढेलो शुक्रबार साँझ पानी परेसँगै नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका ओखलढुंगाका प्रहरी नायब उपरीक्षक दीपकबहादुर केसीले जानकारी दिए । गत चैत २०…