गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

पोखरा । गण्डकी प्रदेशसभाको अधिवेशन बिहीबारका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मन्त्रिपरिषद्को सिफारिसमा वैशाख २१ गते बिहीबार दिउँसो २ बजेका लागि अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले आइतबार निकालेको विज्ञप्तिमा लेखिएको छ, 'प्रदेश प्रमुख पृथ्वीमान गुरुङज्यूद्वारा गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा…