प्रधानमन्त्री देउवाद्वारा समवेदना व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस खोटाङका नेता तथा पूर्वमहाधिवेशन प्रतिनिधि रामकुमार श्रेष्ठको निधन भएकोमा गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । खोटाङको जन्तेढुङ्गा गाउँपालिका, चिसापानीका वडाध्यक्षसमेत रहेका श्रेष्ठको ६३ वर्षको उमेरमा गए राति निधन भएको हो । उनी साविक चिसापानी गाविसका पूर्वअध्यक्ष, कांग्रेसको पूर्वक्षेत्रीय सभापति…