सर्लाही । सर्लाहीको हरिवन नगरपालिका माओवादी केन्द्रका वडाध्यक्षसहितका उम्मेदवारलाई विपक्षी कार्यकर्ताले विष मिलाएर मिठाई खुवाएको आरोपमा हरिवन बजार तनावग्रस्त भएको छ । आइतबार दिउँसो घरदैलो क्रममा वडाध्यक्षका उम्मेदवार शेख इस्तिहारसहितका उम्मेदवारलाई विष सेवन गराइएको आक्षेप माओवादी केन्द्र हरिवनका नगर कमिटी अध्यक्ष अर्जुन पन्तले लगाएका छन् । वडा अध्यक्ष इस्तिहारको अवस्था गम्भीर रहेको बताइएको छ ।…