बुटवल । गृहमन्त्री बालकृष्ण खाँणकाे ठाडो निर्देशनमा मध्यरातसम्म मतदाता नामावली संकलन गरिएपछि बुटवलको इलाका प्रशासन कार्यालयमा नेकपा (एमाले)ले तालाबन्दी गरेको छ । बुटवलको नयाँ बसपार्क परिसरमा रहेको इलाका प्रशासनमा शुक्रबार राति साढे १० बजेतिर फोटोसहितको मतदाता नामावली संकलन भइरहेको सूचना पाएपछि एमाले कार्यकर्ताले राति ११ बजेतिर ताला लगाएका हुन् । एमाले निकट एक कर्मचारीले दिएको…