अछामका आगलागी पीडितलाई सुदूरपश्चिम सरकारले ५० लाख रुपैयाँ दिने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अछामको बान्नीगढीजयगढ गाउँपालिकाको जयगढ बजारमा गएराति भएको आगलागीका पीडितलाई तत्काल ५० लाख रुपैयाँ दिने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकपछि मुख्यमन्त्री कमलबहादुर शाहले अछाममा आगलागी पीडित परिवार तथा व्यवसायीलाई प्रारम्भिक चरणमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको…