ट्युवेलमा पानी खान जाँदा करेन्ट लागेर पुजारीको मृत्यु

सर्लाही। सर्लाही बलरा नगरपालिका स्थित एकजनाको घरमा पूजा गराउन गएका पुजारीको पानी खान जाँदा ट्युवेलमा करेन्ट लागेर मृत्यु भएको छ। बलरा ५ महतो टोल बस्ने बिजय महतोको घरमा पुजा गराउन गएको गोडैता गाउँपालिका २ बस्ने बर्ष ७० को महादेव महतो (पुजारी) लाई मोटर जडान भएको ट्युवेलमा पानि खाने क्रममा दिउँसो पौने ३ बजे करेन्ट लागेको थियो।…