ठीक बेठीक छुट्याउँनै गाह्रो

नेपाली राजनीतिमा क्रियाशील राजनीतिकर्मीमध्ये समाजमा देखाउन असजिलो नलाग्ने व्यक्ति रामचन्द्र पौडेल नेपालको राष्ट्रपतिमा निर्वाचित भएका छन् । मानार्थ राष्ट्रप्रमुखका रुपमा पौडेलभन्दा अन्य उपयुक्त पात्रहरु थिए भन्ने तर्क र जिकिर लिन नसकिने अवस्था त होइन, तर व्यक्ति व्यवस्थापनको समस्या समाधान गर्नुपर्ने बाध्यतात्मक अवस्थाले चर्चामा ल्याइएका पात्रहरुमध्ये पौडेल उपयुक्त नै हुन् । यसमा खिन्न हुनुपर्ने छैन ।…