बीपी, जीपी र गणतन्त्र

राष्ट्रपति बनाइदिने प्रस्ताव लिएर आउने मानिसलाई बीपीले भने, ‘यति ठूलो निर्णय गर्नुअघि साथीहरूसँग छलफल गर्न मलाई कम्तीमा ४८ घण्टा चाहिन्छ ।’ मेलमिलापको नीति अंगीकार गर्ने टुंगोमा पुगेपछि बीपीले एक दिन बिहानै बनारसस्थित निवासको छतमा उभिएरै भाइ गिरिजाप्रसादसँग कुरा गरे ‘मुलुक संकटमा छ । हाम्रो राष्ट्र रहन्छ कि रहँदैन । मैले नेपाल फर्कने निर्णय गरें ।’ गिरिजाप्रसादले भने, ‘हुँदैन,…