आशा र भरोसा जगाउने चुनौति

मानव तस्करीदेखि सुन तस्करीसम्म जग्गा दलालीदेखि ठूल–ठूला भ्रष्टाचार र अनियमितताका काण्डसम्ममा नेपाली राजनीतिका शीर्ष नेतृत्वको संलग्नताले चरम अविश्वास, असन्तुष्टि र आक्रोस पैदा गरेको लामै समय भएको छ । बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराइएको संलग्नता र बद्नियत छ, छैन ? भन्ने कुरा अनुसन्धानको दायरामा नआउँदा र त्यसलाई सामसुम बनाउने दलीय संयन्त्र संक्रिय…