नेपालगञ्जमा ऐतिहासिक रामलीला मञ्चन

नेपालगञ्ज । ऐतिहासिक रामलीलाको एक सय ५६ औं संस्करण नेपालगञ्जमा आइतबारदेखि मञ्चन सुरु भएको छ । भारतको वृन्दावनबाट आएका कलाकार टोलीले राम, सीता, लक्ष्मण, हनुमान र रावणको ‘रामलीला’ प्रदर्शन गर्न थालेका हुन् । रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले वृन्दावन धामका जगदिशप्रसाद शर्मा नेतृत्वको २२ सदस्यीय संगीतमय कलाकार टोलीले रामलीला मञ्चन गर्न थालेका जानकारी दिए…