नारी स्वतन्त्रताको पर्याय तीज पर्व

धार्मिक मान्यता अनुसार नै भन्ने हो भने पनि यो पर्व प्राचीन समयदेखि नारी विद्रोहको पर्व थियो । यो पर्वसँग जोडिएको धार्मिक पक्षको कुरा गर्ने हो भने तत्कालीन समयमा पार्वतीले आफ्नो अधिकारको लागि अठोट गरिन् । भलै त्यो अठोट पुजापाठको थियो, व्रतको थियो तर सुक्ष्म रुपमा त्यो बहानारुपी अठोटबाट उनले मन परेको श्रीमान रोजेकी थिइन् ।…