काठमाडौँ । नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन तोडेर राजनीतिक बेइमानी गरेको आरोप लगाएको छ । आज (बिहीबार) संसदीय दलको बैठकपछि काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले माओवादीका अध्यक्षसमेत रहेका ‘प्रचण्ड’ले अविश्वसनीय तरिकाले गठबन्धन भत्काएको बताएका हुन् । आजको बैठकले दाहाललाई दिएको समर्थन फिर्ता लिएको सभामुखलाई जानकारी दिने निर्णय गरेको लेखकले बताए । उनले भने,…