विश्वविद्यालय व्यवस्थापन गर्ने विषयमा सरकार उल्टो बाटो हिँडिरहेको छ: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले विश्वविद्यालय बनाउन र संविधानले सुम्पिएको जिम्मेवारी निर्वाह गर्ने बाटोमा सरकारले ध्यान दिन आवश्यक रहेको बताएका छन् । मङ्गलवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले सरकार विश्वविद्यालय व्यवस्थापन गर्ने विषयमा सुल्टो नभइ उल्टो बाटो हिँडिरहेको पनि बताए । उनले संविधानको अनुसूची ५ ले केन्द्रीय विश्वविद्यालयलाई सङ्घले…