काँग्रेस लुम्बिनी प्रदेश सम्मेलन: सुरु भयो बन्दसत्र

काठमाडौँ । नेपाली काँग्रेसको प्रथम लुम्बिनी प्रदेश सम्मेलनमा आइतबारदेखि बन्दसत्र सुरु भएको छ । बन्द सत्रमा उपसभापति भुवनप्रसाद श्रेष्ठले राजनीतिक प्रतिवेदन पेस गरेका हुन् । त्यस्तै बन्द सत्रमा सांगठानिक प्रतिवेदन महामन्त्री सुरेन्द्र आचार्यले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रकाश रानाले गर्नेछन् । ती प्रतिवेदनमा महासमिति सदस्यले आवश्यक सुझाव राख्ने छन्। उक्त प्रतिवेदनलाई लुम्बिनी प्रदेशबाट पार्टीको महाधिवेशनमा…