काठमाडौं । नेपाली कांग्रेसले प्रदेशस्तरीय दोस्रो सभा बिहिबार सुर्खेतमा गर्ने भएको छ । मधेस प्रदेशको राजधानी जनकपुरमा यही फागुन ६ गते पहिलो प्रदेशस्तरीय सभा गरेको थियो । मधेसको सभामा देखिएको उपस्थितिले कांग्रेस पक्षमा जनसमर्थन बलियो देखाएको थियो । त्यही सभाबाट प्रतिज्ञा (चुनावी घोषणापत्र) सार्वजनिक गरेको कांग्रेसले सुर्खेतमा दोस्रो सभा गर्न लागेको हो । चुनावी अभियानमा…