काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबारदेखि देशभर मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै छ । निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आइतबारदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको छ । सोहीअनुसार यो कार्यक्रम अगाडि बढाउन लागिएको हो । नागरिकलाई मताधिकारको महत्त्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत विशेष कार्यक्रमअनुसार मतदाता…