काठमाडौं । नेपाली कांग्रेसले शोक प्रस्ताव पारित गर्न भोलि बुधबार आकस्मिक बैठक बोलाएको छ । पूर्वमन्त्री एवम् वरिष्ठ नेता ढुण्डीराज शास्त्रीको निधनमा शोक प्रस्ताव पारित गर्न कांग्रेसले आकस्मिक बैठक बोलाएको हो । बैठक बिहान साढे ८ बजे बोलाइएको छ । बैठकले शोक प्रस्ताव पारित गरेपछि शास्त्रीको शब बिहान ९ बजे पार्टी कार्यालयमा राखिने छ ।…