अहिले सडकमा उत्रिएर आन्दोलन गर्न आवश्यकता छैन: कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले अहिले अहिले सडकमा उत्रिएर आन्दोलन गर्नुपर्ने अवस्था नरहेको निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले अहिलेको व्यवस्था जनताले ल्याएको व्यवस्था भएकोले सडकमा आन्दोलन गर्नुपर्ने अवस्था नरहेको निष्कर्ष निकालेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । जनताले संविधान सभाबाट बनाएको संविधानबाट नै जनताका आवश्यकता र समस्या…