कास्की समाज अमेरिकामा नयाँ नेतृत्व, भरत बराइली बने अध्यक्ष

बाल्टिमोर/अमेरिका । कास्की समाज,अमेरिकाको अध्यक्षमा भरत बराइली निर्विरोध निर्वाचित भएका छन्। आइतबार बाल्टिमोरमा सम्पन्न समाजको अधिवेशनले बराइलीको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन गरेको हो। समाजका निवर्तमान हुँदै गरेका अध्यक्ष कुलप्रसाद गुरुङको सभापतित्वमा सम्पन्न साधारण सभाले कास्केलीहरुका बीच आपसी परिचय र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको समाजले जनाएको छ।…